विद्यालयको परिचय

ऐतिहासिक पृष्ठभुमी

विष्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित सोलुुखुम्बु जिल्लाको सदरमुकामबाट १८ कोष सुदुर पुर्व सोलुखुम्बुको कर्णाली उपनामबाट चिनिने अती दुर्गम र विकट साविकको छेस्काम गा।वि।स। को वार्ड नं। २ मा २०१८ साल पौष ११ गते स्थापना गरिएको यस विद्यालयको नामकरण गा।वि।स। कै नामबाट गरिएको हो ।

शैक्षिक आवश्यक्ताको महसुस गरी विद्यालयको स्थापना छेस्काम–३ निवासी शिक्षाको महत्व बुझ्ने तात्कालीन भारतीय सेना बिर्खसंचा राई र बागीवन्त राईको पहलमा भएको पाइन्छ । गाँँउबाट अन्न र नगद चन्दाको रुपमा सङ्कलन गरी सञ्चालन गरिएको उक्त विद्यालयमा भारतीय सेना विर्खसञ्च आँफै तीन बर्षसम्म शिक्षकको रुपमा रही विद्यालयलाई निरन्तरता दिनुभएको थियो भने आँफू भारत पल्टनमा फर्कने बेलामा उक्त विद्यालयको जिम्मेवारी छेस्काम ३ निवासी उजितवर राईलाई सुम्पिएको थियो भन्ने सुन्न पाइन्छ । उक्त उजितवर राईले छ बर्षसम्म एक्लो रुपमा थाम्दै आएको विद्यालयमा २०२७ सालमा एउटा सरकारी दरबन्दी प्राप्त गरेको यो विद्यालय साविकको छेस्काम २ को पिचिरिम भन्ने ठाँउमा सञ्चालन गरिएको थियो ।उक्त स्थानमा २०३५ सालमा पहिरो गई विद्यालय भवन पुरिदिएपछि २०३६ सालमा हल्ला भन्ने ठाँउमा सारेर करिव ३३ वर्ष सम्म उक्त स्थानमा विद्यालय सञ्चालनमा आएको थियो । २०७० साल भाद्रबाट पिचिरिममा ६–१० र हल्लामा १–५ मात्र सञ्चालन हुन थालेको थियो भने हाल पिचिरिममा सबै कक्षाहरु UKG देखी कक्षा १२ सम्मको कक्षा सञ्चालनमा आईरहेको छ भने हल्लामा कक्षा PG र LKG कक्षाहरु सञ्चालनमा आइरहेको छन ।

२०१८ सालमा रोपिएको यस विद्यालयको विरुवा २०३६ सालमा आएर निमाविको रुप लिदै २०५३ सालमा माध्यमिक तह सञ्चालन गर्न अनुमति प्राप्त यो विद्यालय हाल कक्षा १२ सम्म सञ्चालनमा रहेको छ ।

भौगिलिक अवस्था

भौगोलिक दृष्टिले सोलुखुम्बुको अति दुर्गम साविकको गाविसको पर्यायवाचीको रुपमा चिनिने यो छेस्कामको पूर्वमा सङ्खुवासभा जिल्लाको साविकको बालासिसुवा गाविस, पश्चिममा सोलुको बुङ गाविस,उत्तरमा सोलुकै चौरिखर्क र खुम्जुङ गाविस र दक्षिणमा भोजपुरको दोभाने गाविस र सोलुकै गुदेल गाविस रहेका छन् । जिल्ला सदरमुरकाम सल्लेरीबाट १८ कोस टाढा रहेको यो गाविस समुन्द्री सतह १८५० मि.(हुङगा खोला) देखि ६६५४ मि. (मेरापिकसम्म) फैलिएको यस गाविसको दक्षिण, पश्चिम कर्नर १९५० मि. उचाइ, २७.५०४८ उत्तरी अक्षांश र ८६.८६९८  पूर्वी देशान्तरमा श्री छेस्काम मावि छेस्काम अवस्थित रहेको छ ।


करिव नेपालकै आकारमा रहेको यो गाविस म.व.रा.नि.मध्यवर्ती क्षेत्रभित्र पर्दछ । जहाँ यार्सागुम्वा, सतुवा, पदमचाल जस्ता दुर्लभ जडिबुटी, दुर्लभ बनस्पति चाँप र लोठसल्लादेखि दुर्लभ जनावर हाब्रे समेत पाइने गरेको छ ।

विद्यालय समुदायको पृष्ठभूमि

साविकको गुदेल गाविसको वडा नं १ र बुङ गाविसको वडा नं ८ सँग गाँसिएको यस गाविसको वडा नं २ पिचिरिममा अवस्थित यस विद्यालयको सेवा क्षेत्रको जमिनको भूवनोट उत्तरमा वनजङगल, घाँसेमैदान र नाङ्गा पाखाहरुरहेका छन् भने दक्षिणी भेगको थोरै भागमा मात्र बस्ती रहेको यस गाँउमा कतै साँघुरो गरा, अग्लो कान्ला रहेका छन् त कतै समथर फराकिलो सिमसार जमिन रहेको पाइन्छ । तर बलौटे पाँगो माटोको खानी यो गाविस मकै खेतीको सोलुखुम्बुको उच्च कोटीमा पर्छ भन्दा फरक नपर्ला । जङगल भित्रको सुन्दर यस गाविसमा पानी अत्यधिक मात्रामा पर्ने र वलौटे माटो भएकाले पहिरो र भू क्षयको सम्भाबना भने प्रवल देखिन्छ ।


खेतिपाती राम्रो हुने, घाँस मैदान प्रशस्त र जङगल धेरै भएकोले भेडीगोठ, भैसीगोठ, आलु खेती, मकैखेती र अल्लो यहाँको पहिचान हो । यस विद्यालयको सेवाक्षेत्र वा यस गाविसमा जम्मा ७२१ घरधरी रहेको छेस्काममा २७०९ महिला र १९८९ पुरुष गरी जम्मा ४६९८ जनसङख्या रहेको यस क्षेत्रमा बहुसङ्ख्यक कुलुङ जातिको बाहुल्यता रहेको भए तापनि शेर्पा, बिश्वकर्मा र दमाई जातिको पनि बसोबास रहेको छ ।


धार्मिक विविधतासँगै साँस्कृतिक पक्षमा समेत धनी यस क्षेत्रमा धार्मिक सहिष्णुताको नमूना देख्न सकिन्छ । पशुपालन र कृषि मुख्य पेशा अंगालेका यहाँका मानिसहरुको आर्थिक अवस्था सामान्य देखिन्छ । भदौ महिनादेखि कात्तिक महिनासम्म घाँस काट्न, दाउरा टिप्नदेखि होटलमा काम गर्न खुम्बु क्षेत्रमा गएर सामान्य कमाइ गरी आफ्नो जिविका चलाउन यहाँका १२–६० बर्षसम्मका मानिसहरुको नियति हो । त्यसैगरी केही मानिसहरुले नोकरी, डकर्मी, सिकर्मी लगायत पर्यटन व्यवसाय गरी आर्थिक गुजारा चलाएको पाइन्छ ।


४२ किलोवाट विद्युत सञ्चालनमा आइरहेको यस सेवा क्षेत्रमा कम्प्युटर, इमेल, इन्टरनेटजस्ता प्रविधिहरु छ्याप्छ्याप्ती भित्रिएको पाइन्छ । माध्यमिक तहसम्मको शिक्षाको लागि अन्यत्र नजाने यहाँका विद्याथर्थीहरु उच्च शिक्षाको लागि सल्लेरी, धरान र काठमाण्डौँ गएको पाइन्छ । यस सेवाक्षेत्र भित्रको सामाजिक, धार्मिक तथा साँस्कृतिक वनोट निम्नानुसार रहेको पाइन्छ –

क्र.स जनजाति मुख्य पेशा धर्म मठमन्दिर पूजाआजा गर्ने चलन समय
कुलुङ राई
कृषि र पशुपालन
किराँत
देवीथान र भुमेथान
पशुवली चढाउने,पूजाआजा भुमे र नागी गर्ने
बैशाख पूर्णिमा,पञ्चमी, जनै पूर्णिमा
शेर्पा
कृषि र पशुपालन
बौद्ध
माने गुम्बा
लामा पढाउने, धुप बत्ती बाल्ने
प्रायः
बिक
खेतिपाती र आरन
हिन्दु
देवीथान
पशुवली चढाउने, पूनाआजा गर्ने
बैशाख पूर्णिमा,पञ्चमी, जनै पूर्णिमा साथै हिन्दु संस्कार अनुसार
दमाई
खेतिपाती र सिलाई
हिन्दु
देवीथान
पशुवली चढाउने, पूनाआजा गर्ने
बैशाख पूर्णिमा,पञ्चमी, जनै पूर्णिमा साथै हिन्दु संस्कार अनुसार